काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ५४.१२ अंकले वृद्धि भएको छ ।
आज बजार परिसुचक २८५७.७५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन सबैभन्दा बढी कारोबार अपर तामाकोशीको भएको छ । आज कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । उक्त दिन कम्पनीको ४ लाख ६७ हजार ७३ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य ७५० रुपैयाँ कायम भएको छ ।
कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अपि पावरको आज द्द३ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ लाख ४५ हजार ९५१ कित्ता सेयर खरिदबिक्री भएको । सेयर मूल्य भने प्रतिकित्ता ५२६ रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि २२ करोड २९ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ५ लाख ७२ हजार ४०२ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य भने प्रतिकित्ता ३९२ रुपैयाँ ९० पैसा कायम भएको छ ।
त्यसैगरि उक्त दिन एचआईडीसीएल २१ करोड ९४ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको ६ लाख ६० हजार २४८ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य ३३७ रुपैयाँ ९० पैसा कायम भएको छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार १५:४५ मा प्रकाशित