भक्तपुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्वत चयन भएका छन् ।
विहिबार सम्पन्न चौंथौं अधिवेशनको बन्द सत्रबाट ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो ।
शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ, मिना घोरासाइने, सचिबमा आशिष पौडेल, सहसचिबमा राजकुमार लामिछाने, विपना मुसिख्वाल, कोषाध्यक्षमा नारायण थापा सर्वसम्वत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सविना केसी, देबेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की रहेका छन् भने दुई सदस्यपछि थप हुने नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिए ।
वि.सं.२०७८ पुस २९ बिहीवार १७:०१ मा प्रकाशित