काठमाडौं । मञ्जुश्री फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले विहीबार १४औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले ४६ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मुनफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस र कर समेत गरि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ हुने भएको छ ।
कम्पनीले चालु आवको पुस मसान्तसम्म ११ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि ११ अर्ब कर्जा लगानी गरेको छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार १७:२० मा प्रकाशित