back
Mega Long Ad

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र आजदेखि (सोमबारदेखि) निष्कासन खुल्ला भएको छ । ऋणपत्रमा बैंकले ८.५ प्रतिशत व्याजदर राखेको छ भने ८ अर्बको अवधि रहने बैंकले जनाएको छ । बैंकको सो ऋणपत्रमा चाडोमा ६ गते र ढिलामा १७ गतेसम्म आवेदन दिन सकिने छ ।
बैंकले १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

 

वि.सं.२०७८ माघ ३ सोमवार १२:३१ मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...