back
NMB ad

आयल निगमले भन्यो : पेट्रोल किन्ने पैसा छैन, ऋण चाहियो

Kumari bank ad

काठमाडौ । नेपाल आयल निगमले माघ महिनादेखि नै पेट्रोलियम पदार्थ किनेको रकमको भुक्तानी गर्न नसक्ने जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गरी निगमले पेट्रोलियम पदार्थ किन्नका लागि आफूसँग भएको सञ्चित मुनाफा सकिएकोले ऋण नलिए माघ महिनामा किनिएको पेट्रोलियम पदार्थको भुक्तानीका लागि रकम नहुने जानकारी दिएको छ ।

निगमले अन्तराष्ट्रिय बजारमा बढेको मुल्य अनुसार नेपालमा मुल्य समायोजन गर्न नसक्दा भएको सञ्चिति सकिएकोले पेट्रोलियम पदार्थ किन्नका लागि ऋण लिनै पर्नै अवस्था आएको बताएको हो । निगमले आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि २ अर्ब रुपैयाँ रकम अपुग हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

भारतीय आयल निगमलाई तिर्नका लागि कि त २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको सहप्रबक्ता पुष्कर कार्कीले जानकारी दिए ।
पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको छ । माघ १देखि नयाँ मुल्य लागु भएको छ तर नेपालमा भने मुल्य समायोजन नभएकोले घाटा बढेर २१ अर्ब ५० करोड रुपैयाँ पुग्ने निगमद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘हालसम्म निगमले सञ्चित मुनाफा, मूल्य स्थीकरण कोषमा पठाईने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई पेट्रोलियम खरिद गरेको रकम तिरिरहेको छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

यदी मुल्य समायोजन गर्ने हो भने पनि मासिक ४ अर्ब रुपैयाँ नोक्सानीमा निगम पुग्नेछ । यदी देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्ने हो भने करिब १२ अर्ब रुपैयाँ थप आवश्यक पर्ने निगमले जनाएको छ । हाल निगमलाई पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा अन्तराष्ट्रिय बजारमा १२ पटक मुल्य परिवर्तन भएपनि नेपालमा भने जम्मा ३ पटक मात्र मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।

वि.सं.२०७८ माघ ४ मंगलवार १३:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...