back
NMB ad

सहुलियतपुर्ण कर्जाको १० मा ८ स्कीम असफल,सरकारको ११ अर्ब व्याज अनुदान

Kumari bank ad

काठमाडौं । सरकारले सन्चालनमा ल्याएको १० प्रकारका सहुलियतपुर्ण कर्जाका स्कीममध्ये दुईवटा मात्र सफल भएका छन् । व्यवसायिक कृषि कर्जा र महिला उद्यमशील कर्जा बाहेक बाँकी ८ प्रकारका सहुलियतपुर्ण कर्जाको स्कीम असफल भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म सहुलियतपुर्ण कर्जाको नाममा १ लाख ३६ हजार ७१३ जनाले २ खर्ब ११ अर्ब ८ करोड १२ लाख एक हजार रुपैयाँ बराबरको सहुलियतपुर्ण कर्जा लिएका छन् ।

सो रकम बराबरको कर्जाको लागि सरकारले ११ अर्ब १५ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको व्याज अनुदान दिएको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सफल मानिएको स्कीममध्ये व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा अन्तर्गत मंसिर मसान्तसम्ममा ५५ हजार ७५७ जनाले १ खर्ब ३३ अर्ब १८ करोड रुपैयाँ सहुलियतपुर्ण ऋण लिएका छन् । भने महिला उद्यमशिल कर्जा ७८ हजार २०० जनाले ७४ अर्ब २४ करोड ८८ लाख ६० हजार रुपैयाँ लिएका छन् ।

त्यस्तै शिक्षित युवा स्वरोजगार कर्जा १५० जनाले ६ करोड ३७ लाख ८८ हजार रुपैयाँ कर्जा प्रबाह भएको छ भने विदेशबाट फर्केका युवा परियोजना कर्जा ९५४ जनाले ६४ करोड ७१ लाख ६ हजार रुपैयाँ कर्जा प्रबाह भएको छ ।

त्यस्तै दलित समुदाय व्यवसाय विकास कर्जा १०९४ जनाले ६३ करोड ६० लाख २३ हजार, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा १४२ जनाले ३ करोड ३७ लाख ८२ हजार , भुकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा २२० ले ४ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबरको कर्जा लिएका छन् ।

कपडा उद्योग सन्चालनको लागि १७४ ले २ अर्ब २१ करोड ३० लाख ४९ हजार, प्राविधिक तथा व्यवसायिकक तालमि परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम २ जनाले ३ लाख १६ हजार र युवा स्वरोजगार कर्जा २० जनाले ७७ लाख ७९ हजार रुपैयाँ कर्जा लिएका छन् ।

‘सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार सरकारले महिला उद्यमशिल कर्जाको लागि ६ प्रतिशत र अन्य स्कीमका सहुलियतपुर्ण कर्जाको लागि ५ प्रतिशत व्याज अनुदान पाइन्छ ।

 

वि.सं.२०७८ माघ ४ मंगलवार १६:४५ मा प्रकाशित

You can share this post!

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...