काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ९ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको छ । मंगलवार दुई कम्पनीहरुको ९ लाख २६ हजार ६३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप हुन आएको सेयर सूचीकरण भएको छ ।
साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि थप हुन आएको ७ लाख २४ हजार ४६३ कित्ता साधारण सेयर सूचीकृत भएको हो ।
यस्तै, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर पनि मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको २ लाख १ हजार ६०० कित्ता साधारण सेयर सूचीकृत भएको हो ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई १ः०.८४ अनुपातमा प्राप्ति गरेको हो ।
वि.सं.२०७८ माघ ५ बुधवार १३:३७ मा प्रकाशित