काठमाडौं । साताको चौथो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ। बुधवार बुद्धभुमि नेपाल हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
उक्त दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैयाँ १० पैसाले वृद्धि भएको छ । योसंगै आज कम्पनीको सेयर मूल्य २८७ रुपैयाँ ८० पैसा कायम भएको छ ।
यस्तै, आज सामलि पावरको सेयर मूल्य पनि ९.९६ प्रतिशतले वृद्धि भएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४ रुपैयाँ ७० पैसाले वृद्धि भई ७१४ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ माघ ५ बुधवार १५:१३ मा प्रकाशित