back
NMB ad

थप यी दुई लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, बिमितले कुन पोलिसिमा कति बोनस पाउँछन् ?

Kumari bank ad

काठमाडौँ । लाइफ इन्स्योरेन्स (कर्पोरेशन)  नेपाल र सन नेपालले आर्थिक वर्ष २०७६–७७ को लागि नयाँ बोनसदर घोषणा गरेका छन् ।

लाईफ इन्स्योरेन्स कर्पाेरेशनले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ भने सन नेपालले न्यूनतम ३० रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म पाइनेगरी बोनसदर घोषणा गरेको हो ।

लाईफ इन्स्योरेन्सका बीमितले सावधिक जीवन बीमा, जीवन विद्या, जीवन साथी बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।जीवन आनन्द र बाल सवाधिक बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै सन नेपाल लाइफको सन लाइफ सावधिक जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । त्यस्तै, भाग्योदय जीवन बीमालेख एकल भुक्तानी सावधिकमा पनि न्यूतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइनेछ । त्यसैगरी, बालसमृद्धि बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ ।

त्यसैगरी, नविन आजिवन बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । आज सार्वजनिक गरिएको चारै प्रकारका बीमालेखमा नौ वर्षसम्मको बीमालेखमा ३० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाइने छ भने १४ वर्षसम्मको बीमालेखमा पनि ३० रुपैयाँ, १९ वर्षसम्मको बीमालेखमा ४० रुपैयाँ, २४ वर्षसम्म अवधीमा बीमालेखमा ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधीको बीमा गर्दा ७५ रुपैयाँ बोनस पाइनेछ ।

त्यस्तै, धनञ्जय बार्षिक अग्रिम भुक्तानी अन्तर्गतको नौ वर्ष अवधीसम्मका जीवन बीमालेखमा न्यूनतम १८ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस तोकिएको छ । सोही प्रकृतिको बीमालेख अन्तर्गत २० वर्ष वा सो भन्दा माथिको बीमालेखमा ३० रुपैयाँ बोनसदर निधारण गरिएको छ ।

र, यो पनि १० बीमा कम्पनीद्धारा बोनसदर घोषणा, कुन कम्पनीको कुन पोलिसीमा बीमितले कति पाउँछन् ?

वि.सं.२०७८ माघ ७ शुक्रवार १५:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...