काठमाडौं । पिपुल्स पावरले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ ।
कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले आउँदो माघ २९ गते सभा गर्ने निर्णय गरेको हो ।
सभा भर्चुअल माध्यमद्वारा संचालन हुनेछ । भर्चुअल मिटिङ्गको युजरनेम र पासवर्ड सदस्यहरुको मोबाइलमा एसएमएस गरिने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । सोही अवसरमा लेखा परिक्षकको प्रतिवेदन सहित आव २०७७/७८ को वार्षिक हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरि पारित गर्नेछ ।
यस्तै, सभाले चालु आव २०७८/७९ को लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पारित गर्नेछ ।
वि.सं.२०७८ माघ ९ आइतवार १२:१६ मा प्रकाशित