back
NMB ad

सेयर बजारमा १०० अंकको गिरावट, यस्तो छ घट्नुको कारण !

Kumari bank ad

काठमाडौं । सेयर बजारमा भारी अंकको गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन बजार १००.१० अंकले घटेको हो ।

सोमबार बजार परिसुचक पनि २८२०.४१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।

लगानीकर्ताहरु नाफा बुक गर्नेमा हाबी देखिएको र चुनाव सर्ने हल्लाले सेयर बजारमा करेक्सन भएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । उनि भन्छन् “बजार अहिले घट्नुपर्ने कारण केही छैन, यो घटेको भन्दा पनि करेक्सन भएको हो । २२ सयको बजार २९ सयमा आउँदा लगानीकर्ता नाफा बुक गर्नेमा हाबी भएकाले बजार घटेको हो । साथै चुनाव सर्ने हल्लाको कारण पनि बजार घटेको हुनसक्छ तर चुनाव पाँच/छ महिना अघि पछि हुँदैमा बजारमा प्रभाव पर्दैन बजाले पुनः गति लिन्छ ।

उक्त दिन कारोबार रकम भने वृद्धि भएको छ । आज ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन अपि पावरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३८ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमकै आधारमा दोस्रो स्थनामा रहेको एनआईसी एशिया बैंकको ३६ करोड ७३ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, आज अरुण भ्याली हाइड्रोपावरको ३० करोड ४९ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ माघ १० सोमवार १५:२५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...