काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
सोमबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९३ हजार रुपैयाँ खरिदबिक्री भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । उक्त दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार १ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ माघ ११ मंगलवार १०:५२ मा प्रकाशित