back
NMB ad

सवैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिणी सुडान, नेपाल ११७ औ स्थानमा

Kumari bank ad

काठमाडौ । नेपालले भ्रष्टाचार नियन्त्रणका लागि कुनैपनि पहल गरेको छैन । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सीले गरेको एक अध्ययनले भ्रष्टाचार नियन्त्रणमा नेपालले कुनै प्रगति नगरेको जनाएको छ । गत बर्ष (सन् २०२०) भ्रष्टाचार गर्ने मुलुकमा नेपाल ११७ औ स्थानमा परेको थियो भने यो बर्ष (सन २०२१) मा पनि सोही स्थान ओगटेको छ ।

मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकांकमा नेपालले ३३ अंक हासिल गरी ११७ औ स्थानमा परेको हो । अघिल्लो बर्ष पनि नेपाल सोही स्थानमा रहेको थियो ।
ट्रान्सप्यारेन्सी इन्टरनेसनलले ४० अंकभन्दा मुनि पाएका देशहरुमा भ्रष्टाचार व्याप्त छ भन्ने देखाउछ ।

सर्वेक्षणले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी हुनुले भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता संदेश दिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक पदाधिकारीमाथि प्रश्न, अन्तरदेशिय भ्रष्टाचार नियन्त्रण, शक्ति नियन्त्रण र सरकारी खर्चको पारदर्शिता बढाउन सुझाव पनि दिएको छ । भ्रष्टाचारको विरोध तथा मानवअधिकार प्रवद्धन गर्न सरकारहरूलाई अपिल गर्दै सम्पूर्ण नागरिकलाई परिवर्तन माग गर्न ऐक्यवद्ध हुन पनि अपिल गरेको छ ।

त्यस्तै दक्षिण एसियाली मुलुकहरुमा भ्रष्टाचार कम हुने मुलुकमा भुटान रहेको छ । उसले २५ औ स्थान ओगटेको छ । त्यस्तै माल्दिभ्स ८५ औ, भारत ८५ औ श्रीलंका १०२ औ, पाकिस्तान १४० औ बंगलादेश १४७ औ र अफगानीस्तान १७४ औ स्थानमा रहेका छन् ।

त्यस्तै नेपालको छिमेकी मुलुक चीन ६६ औं स्थानमा रहेको सो संस्थाले जनाएको छ । त्यस्तै सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड रहेका छन् । उनीहरुले १०० मा ८८ अंक ल्याएका थिए । त्यस्तै दक्षिण सुडान सवैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा पर्दछ । सो मुलुकले ११ अंक पाएको थिया । ट्रान्सप्यारेन्सीले १८० मुलुकलाई अध्ययनमा समेटेको थियो ।

संस्थाले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ ।

वि.सं.२०७८ माघ ११ मंगलवार १३:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...