back
NMB ad

कहाँ गयो बाणिज्य बैंकहरुको १३ अर्ब ?

Kumari bank ad

काठमाडौँ । माघको पहिलो साता बाणिज्य बैंकहरुबाट १३ अर्ब रुपैयाँ गायव भएको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत साता बाणिज्य बैंकहरुबाट १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

पुसमा महिनामा ८७ अर्ब रुपैयाँ निक्षेप संकलन हुदा अव विस्तारै तरलता अभाव हट्न थालेको बैंकरहरुलाई भान भएको थियो तर एक हप्तामा नै एक्कासी १३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएपछि भने उनीहरु समेत अचम्ममा परेका छन् ।

संघको तथ्यांक अनुसार पुस मसान्तसम्म बैंकहरुसँग ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो तर माघको पहिलो साता १३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएर ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै विदेशी मुद्राको निक्षेप भने ४ अर्ब रुपैयाँले बढेर १ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप घटेपनि एक सातामा बाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । निक्षेप बढ्न नसकेपछि पुनः तरलताको समस्याले च्याप्ने देखेर नै बैंकहरुले कर्जा लगानीमा कन्जुस्याई गरिरहेका हुन् ।

नेपाल राष्ट्र बैंकले पुस देखि लागु हुनेगरी विभिन्न २० वटा विलासिताका सामग्रीमा नगद मार्जिन राख्ने व्यवस्था गरेका कारण पनि माघको पहिलो हप्तामा नै निक्षेपमा कमी आएको बैंकरहरु बताउँछन् ।
नगद मार्जिन राख्नुपर्ने भएपछि विलासीताका सामग्री आयात गर्ने व्यापारीहरुले निक्षेप झिकेर लगेकोले पनि निक्षेप घटेको उनीहरुको तर्क छ ।

 

 

वि.सं.२०७८ माघ ११ मंगलवार १५:५९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...