back
NMB ad

जानकी फाइनान्सको अधिकांश सूचकहरुमा सुधार, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बिहीबार सार्वजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको नाफा उल्लेखीय सुधार गरेको छ ।

गत वर्षको पुस मसान्तमा ३ करोड ३० लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्षको सोही अवधिसम्म आईपुग्दा भने ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको छ ।

उक्त अवधिमा कम्पनीले ९ करोड ५१ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ६५.२९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ७५ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद संचालन मुनाफा भने ७ करोड ४६ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो मुनाफा १ करोड ७८ लाख ५९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ६० करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने २० करोड ५४ लाख ९४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ७.९३ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा ५.३१ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ७१ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १३ बिहीवार १२:३७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...