काठमाडौँ । नेशनल लाईपल इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षबाट बिमितको लागि बोनस घोषणा गरेको छ । कम्पनीले आफ्ना तीन पोसिसिमा न्युनतम ६३ रुपैयाँ देखि अघिकतम ८५ रुपैयाँसम्म घोषणा गरेको हो ।
बिमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को बीमाङ्गीय प्रतिवेदन स्विकृत गरेसँगै बीमीतको लागि बोनशदर घोषणा गरेको हो ।
सावधिक जीवन बीमालेख
कम्पनीले यो बीमालेखमा न्युनतम ६४ देखि अधिकतम ८५ रुपैयाँ(प्रतिहजारमा) सम्म दिने घोषणा गरेको छ ।
सावधिक तथा आजीवन बीमालेख
यो बीमालेखमा बिमितले न्युनतम ६४ देखि अधिकतम ६५ रुपैया(प्रतिहजारमा) सम्म पाउने छन् ।
त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
यो बीमालेखमा कम्पनीले बिमितलाई न्युनतम ६३ रुपैयाँ देखि बढीमा ६४ रुपैयाँसम्म दिने घोषणा गरेको छ ।
वि.सं.२०७८ माघ १३ बिहीवार १२:३४ मा प्रकाशित