काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ भने ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार २६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ माघ १६ आइतवार १०:५३ मा प्रकाशित