back
NMB ad

नेपाल लाईफका अभिकर्ता फेरी रुष्ट, झुठो र फाटाहा बन्न बाध्य पारेको आरोप

Kumari bank ad

काठमाडौं । नेपाल र्लाइफ इन्स्योरेन्सले बोनसदर घटाएपछि कम्पनीका अभिकर्ता फेरी रुष्ट बनेका छन् ।

नेपाल लाईफले बीमितको बोनशदर घटाएर सार्वजनीक गरेपछि अभिकर्ता पुनः रुष्ट बनेको हुन् । यसअघि अभिकर्ताको अहित हुनेगरी कम्पनीले एजेन्सी स्ल्याव दर, अभिकर्ता कर्जाका साथै बीमितकै बोनसदर सन्दर्भमा विभिन्न व्यवस्था परिवर्तन गरेपछि आन्दोलित अभिकर्ता केही दिनअघि मात्रै कम्पनीसँग सहमतिमा आएका थिए ।

यद्यपी व्यवस्था परिर्वतन गर्ने गरी कार्यदल बनाएको कम्पनीले लिखित सहमतिलाई वेवास्ता गर्दै बोनशदर घटाएपछि अभिकर्ता पुनः आक्रोशित भएका हुन् ।

पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र अमात्यले आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै बोनस दर घटाएर प्रकाशित गरिएको घट्नाले स्तब्ध बनेको बताएका छन् ।

अमात्यले आज प्रकाशित गरिएको बिज्ञप्तिमा ‘कम्पनीले लाखौं अभिकर्ता र बिसौं लाख बीमितहरुप्रति गरेको विश्वासघातको निन्दा गर्दै लाखौं अभिकर्ता र बिसौं लाख बीमितहरुको तर्फबाट उक्त कार्य अविलम्व सच्याई अभिकर्ता र बीमितहरुलार्य दिएको आश्वासनलाई ग्यारेन्टी गरी समय सापेक्ष बोनसदर बृद्धिको जोडदार माग गर्दछौं ।’ उल्लेख गरिएको छ ।

बीमा अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष अमात्यले २०५८ सालमा कम्पनी स्थापना हुँदा ६५ रुपैयाँ बोनस दिने भनेर प्रतिबद्धता जनाइएको स्मरण गराउँदै अहिले घटाउनु झुक्याउने काम भएको बताए । उनले कम्पनीलाई २०६० सालको घटना स्मरण गर्न चेतावन दिएका छन् । अध्यक्ष अमात्यले कम्पनीले बोनस बढाउनुपर्नेमा उल्टै घटाएर लाखौं बीमा अभिकर्ताहरुलाई झुठो र फाटाहा बन्न बाध्य पारेको आरोप लगाएका छन् ।

नेपाल लाइफसहितका ठूला बीमा कम्पनीहरुको बोनसदर फ्युचर बोनसका कारण प्रभावित भएको हो । नेपाल लाइफ सर्वाधिक बीमा पोलिसी भएको कम्पनी भएकोेले फ्युचर बोनसलाई धेरै रकम प्रोभिजन गर्नु पर्दा बोनस रकम ६५ बाट ६० रुपैयाँ न्यूनतम्मा झरेको छ । यद्यपि नेपाल लाइफको व्यवस्थापन खर्च उच्च रहेको, लगानी विविधिकरण गरेर मुनाफा हुन क्षेत्रमा लगाउन नसकेको जस्ता आरोप कम्पनीमाथि अभिकर्ताहरुले लगाउँदै आएका छन् । नेपाल लाइफको जीवन बीमा कोषमा मात्र एक खर्ब २० अर्बभन्दा बढि छ ।

वि.सं.२०७८ माघ १७ सोमवार ११:३९ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...