back
NMB ad

हिमालयन बैंकको मर्जर प्रस्तावको पर्खाइमा सेन्चुरी बैंक

Kumari bank ad

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएको हिमालयन बैंक यतिवेला नयाँ मर्जरका लागि नयाँ पार्टरनको खोजीमा रहेको छ । छ्ट्टिै नै नयाँ पार्टर खोजेर मर्जमा जानुपर्ने दवावमा रहेको बैंकले सेन्चुरी बैंकतर्फ पनि आँखा लगाइरहेको छ ।

हिमालयन बैंकले मर्जरको अनौपचारिक प्रस्ताव गरेकै कारण सेन्चुरी बैंकले अन्य बैंकहरुसँग मर्जरको कुरा अगाडी बढाएपनि ठोस निष्कर्षका लागि उत्साहित देखिएको छैन ।

सेन्चुरी बैंकले यसअघि माछापुच्छ्रे र प्रभू बैंकसँग मर्जरका लागि कुराकानी अगाडी बढाएको थियो । प्रभु बैंकले १००ः८५ को अनुपातमा मर्ज गर्ने विषयमा अन्तिम निष्कर्ष निकाल्न बाँकी छदै सेन्चुरी बैंकको मर्जर कमिटीले माछापुच्छ्रे बैंकसँग मर्जका लागि कुराकानी अगाडी बढाएको थियो ।

माछापुच्छ्रे बैंकसँग सेन्चुरीले १००ः ९० को अनुपातमा मर्जरमा जाने प्रस्ताव राखेका थियो । तर माछापुँछ्रे बैंकको मर्जर कमिटिले डिडिएपछि मात्र सेयर स्वाप रेसियोको बारेमा निर्णय लिने अडान राखेपछि सेन्चुरीले अन्य बैंकहरुसँग पनि मर्जरका लागि कुराकानी अगाडी बढाएको हो ।

पछिल्लो समयमा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई जसरी भएपनि मर्ज गर्नैपर्ने बाध्यताका कारण दुवै बैंकले अनौपचारिक रुपमा सेन्चुरीसँग मर्जका लागि कुराकानी अगाडी बढाएको सेन्चुरी बैंकका एक संचालकले जानकारी दिए ।

उनका अनुसार सेन्चुरीले हिमालयन बैंकसँग अलि बढी नै आशा राखेको छ।
बैकिङ क्षेत्रमा राम्रो गरिरहेको हिमालयन बैंकको संस्थागत सुसासन भने निक्कै राम्रो छ । त्यसैले पनि सेन्चुरी बैंंक भने हिमालयन बैंकले ल्याउने मर्जरको प्रस्तावको पर्खाइमा छ ।

सेन्चुरी बैंकमा पनि लगानीकर्ताहरुको बर्चश्व काठमाडौका श्रेष्ठ समुदायको छ भने हिमालय बैंकमा पनि पछिल्लो समयमा श्रेष्ठ समुदाय नै बढी हावी भइरहेका छन् । उनीहरुकै कारण नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर तोडिएको आरोप लागिरहेको छ ।

त्यसैले पनि उनीहरु आफ्नो बैंकसँग संस्कार मिल्ने खालका बैंक खोजीरहेको र सेन्चुरीसँग पनि अनौपचारिक कुराकानी भइरहेको हिमालयन बैंकका एक संचालकले बताए ।

उसो त हिमालयन बैंकले मेगा, सिभिल, सिटिजन्स लगायतका पछिल्लो समयमा आएका वित्तिय रुपमा कमजोर देखिएका बैंकहरुसँग पनि मर्जरका लागि कुरानकानी अगाडी बढाइ रहेको छ । तर सेन्चुरी भने अन्यलाई उछिनेर हिमालयन बैंकसँगको मर्जका लागि लालायित देखिएको छ ।

“यदी हिमालयन बैंकले मर्जरका लागि प्रस्ताव गरेको खण्डमा हामीले आँखा चिम्लेर हुन्छ भन्छौ”, ति संचालकले भने । मर्जमा नगई नहुने भएपछि प्रस्ताव आएमा हिमालयन बैंक रोजिने पनि ति संचालकले भने ।

तर हिमालयन बैंकले भने सैद्धान्तिक सहमति नलिइ कुनैपनि बैंकसँग मर्ज गरिने भन्ने विषयमा मुख नखोल्ने बताएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जको लागि सैद्धान्तिक सहमति लिएपछि पनि मर्ज भाडिएको थियो ।

एनआरएनका संस्थापक अध्यक्ष रहेका उपेन्द्र महतोको अगुवाइमा स्थापना भएको माछापुच्छ्रे र एनआरएनका पुर्व अध्यक्षको लगानी रहेको प्रभु बैंकसँगको मर्जर सम्बन्धी कुराकानी भने हाल आएर रोकिएको छ।

 

 

वि.सं.२०७८ माघ २० बिहीवार १०:५७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...