काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुनेछ ।
वि.सं.२०७८ माघ २० बिहीवार ११:१२ मा प्रकाशित