back
NMB ad

भोलि तीन कम्पनीको साधरण सभा हुँदै : लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात माघ २१ गते शुक्रबार तीन कम्पनीको साधारण सभा हुँदैछ । उक्त दिन दुई इन्स्योरेनस कम्पनीसहित तीन कम्पनीको सभा हुने भएको हो ।

शुक्रबार एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले सभा गर्दैछन् । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

भोलि एशियन लाइफको १३ औं वार्षिक साधारण सभाले २७ प्रतिशत लाभांश पारित गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरेको छ ।

यस्तै, माघ २१ गते शुक्रबार नै हुने प्रिमियर इन्स्योरेन्सको साधारण सभाले पनि प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीको साभाले १५ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको छ ।

त्यसैगरि सोही दिन (माघ २१) गते ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले सभा गर्ने भएको छ । कम्पनीले भने लगानीकर्तालाई लाभांश नदिने भएको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

सभामा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गरेको छ ।

वि.सं.२०७८ माघ २० बिहीवार १६:३१ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...