काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।
माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
कार्की बुढीगण्डकी आयोजनाको प्रमुखको रुपमा काम गरेका छन् । पाल्पा रिब्दीकोट वडा नम्बर ७ का कार्कीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
वि.सं.२०७८ माघ २० बिहीवार १९:०० मा प्रकाशित