back
NMB ad

विजय लघुवित्तको नाफा ६ करोड ८४ लाख, अन्य सूचकहरु कस्ता ?

Kumari bank ad

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ६ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.१० प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीले ७ करोड २९ लाख १३ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २३.२२ प्रतिशतले वृद्धि भई १९ करोड १५ लाख ३४ हजार पुर्याएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको संचालन मुनाफा ९ करोड ६१ लाख ५१ हजार रुपैयाँ रहेको छ । कम्पनीको यो मुनाफा गत वर्षको तुलनामा भने १२.३८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको यो मुनाफा ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १९ करोड २४ लाख २४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने १.४२ प्रतिशतले वृद्धि भई ४.६३ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिससेयर आम्दानी ४२ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ १३ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २३ आइतवार १३:५० मा प्रकाशित

You can share this post!

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...