back
NMB ad

‘फोड कार’ ४ लाख ४० हजार रुपैयाँमा किन्ने मौका !

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले पुराना सवारी साधानहरु लिलाम बिक्रीका लागि गोप्य शिलबन्द बोलपत्र आव्हान गरेको छ ।

बैंकले मुख्य कार्यालय काठमाडौंमा रहेका पुराना सवारी साधानहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रको माध्यबाट लिलाम बिक्री गर्न लागेको हो ।

आइतबार एक सूचना निकाल्दै विभिन्न नम्बर ५ वटा फोर्ड कार बिक्री गर्ने लागेको जनाएको छ । उक्त कारहरु खरिद गर्न इच्छुक फर्म, व्यक्ति वा कम्पनीहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

ती फोड कारहरुको न्युमतम मूल्य ४ लाख ४० हजारदेखि ५ लाख ५१ हजार रुपैयाँसम्म तोकिएको छ ।

इच्छुक बोलपत्रदाताहरुले आजैका मितिले १५ दिनभित्र कार्यालय समयभित्र कृषि विकास बैंकको कर्पोरेट कार्यालय, मुख्य कार्यालय, वित्त तथा लेखा विभागको चल्ती खाता नम्बर ०१००२००११४५५०२५ मा ५ सय रुपैयाँ (फिर्ता नहुने गरि) जम्मा गरेको भौचर, अध्यावधिक फर्म, कम्पनी दर्ता प्रमाणपत्र, कर कर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणका प्रतिलिपि र व्यक्तिको हकमा निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गरि बोलपत्र फाराम खरिद गर्न सकिने छ ।

यस्ता छन् अन्य सर्तहरु

१. खरिद गरिएको बोलपत्रहरू यो सूचना प्रकाशित मितिले १६ औं दिन दिनको १२ः०० बजे भित्र कृषि विकास बैंक लि को मुख्य कार्यालय, सामान्य सेवा विभागमा दाखिला गर्न पर्नेछ । यसरी म्याद भित्र दाखिला भएका सिलवन्दी पत्रहरु १६ दिन दिनको २ बजे बोलपत्रदाताहरु वा निजहरुको प्रतिनिधीहरुको उपस्थितीमा यस कार्यालयमा खोलिने छ । बोलपत्रदाता उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।

२. बोलपत्र खरिद एवं दाखिला गर्ने अन्तिम दिन बा खोल्ने दिन बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन सोहि समयमा उक्त कार्य हुनेछ ।

३. बोलपत्रसाथ बोलपत्रदाताले आफूले कबोल गरेको समुहको रकमको १० % का दरले हुन आउने छुट्टा छुट्टै रकम यस बैंकको कर्पोरेट बैंकिङ्ग कार्यालय रामशाहपथ काठमाडौंमा रहेको कृषि विकास बैंक, मुख्य कार्यालय वित्त तथा लेखा विभाग को चल्ती खाता न ०१००२००११८५५५०२५ जम्मा गरेको सक्कल भौचर पेश गर्न पर्नेछ ।

४. बोलपत्रदाताले एकभन्दा बढि सवारीसाधन लिन चाहेमा आफले लिन चाहेको सवारीसाधनको छुट्टा छुट्टै बोलपत्र फाराम पेश गर्नु पर्ने छ । शिलबन्दी खामको बाहिर आफूले लिन चाहेको सवारी साधनको नम्बर उल्लेख गरी पेश गर्नु पर्ने छ ।

५. बोलपत्र साथ संघ संस्था भए अध्यावधिक फर्म कम्पनी दर्ता प्रमाण पत्र, कर दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्रका प्रतिलिपी अनिवार्य रूपमा संलग्न गरेको हुनुपर्नेछ । व्यक्तिको हकमा बोलपत्र साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

६. रित नपुगेको वा म्याद नाघि आएको तथा न्यूनतम मूल्य भन्दा घटी अंकित भएको वा शर्त सहितको बोलपत्र उपर कुनै कारवाही हुनेछैन ।

७. बोलपत्र स्वीकृत गर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने वा सूचना नै रद्द गर्ने अधिकार नै यस बैंकमा निहित रहने छ ।

८. सम्बन्धित इच्छुक व्यक्तिले लिलाम हुने वस्तु हेर्न चाहेमा तथा विस्तृत जानकारीको लागि यस बैंकको सामान्य सेवा विभागमा सम्पर्क गरी बुझ्न सकिने छ ।

९. बोलपत्र स्वीकृत भएको मितिले ७ सात दिन भित्र कबोल गरेको अंक रकम कृषि विकास बैंक, कर्पोरेट बोकड कार्यालय रामशाहपथ काठमाडौंमा रहेको कृषि विकास बैंक, मुख्य कार्यालय, वित्त तथा लेखा विभागको चल्ती खाता नम्बर ०१००२००११४५५५०२५ दाखिला गरेको सक्कल भौचर पेश गरी लिलाममा कबोल गरेका सवारी साधनहरू जे जस्तो अवस्थामा छ सोही अवस्थामा लैजानू पर्नेछ ।

१०. बोलपत्रदाताले बोलपत्र स्वीकृत भएपछि तोकेको म्यादभित्र रकम दाखिला नगरेमा धरौटी रकम जफत गरि त्यसपछि घटी कवोल गर्ने बोलपत्रलाई स्वीकृत गरिनेछ ।

वि.सं.२०७८ माघ २३ आइतवार १८:०९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...