काठमाडौं । बुधवार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।
साताको चौथो कारोबार दिन छापवाला सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने ९३ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ९२ हजार ९ सय रुपैयाँमा कारोबार हुनेछ । तेजावी सुन मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला २० रुपैयाँले वृद्धि भई चाँदीको भाउ १ हजार २८० रुपैयाँ पुगेको छ । मंगलबार भने १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ माघ २६ बुधवार १०:५२ मा प्रकाशित