काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) बैंकको सेयर मूल्यमा गिरावट आएको छ । बुधवार बैंकको सेयर मूल्य १.९८ प्रतिशतले घटेको हो ।
साताको चौथो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको हो । योसंगै बैंकको सेयर मूल्य आज ३९७ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार बैंकको आज १४ करोड १३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ३ लाख ५७ हजार १ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ माघ २६ बुधवार १६:१९ मा प्रकाशित