back
NMB ad

किन बढ्यो अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी ?

Kumari bank ad

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनी ३३ करोड ५ लाख १७ हजार रुपैयाँ नोक्सानी रहेको रहेको छ । कम्पनीको वित्तीय खर्च उल्लेखीय रुपमा बढेकाले खुद नोक्सानी वृद्धि भएको हो ।

गत वर्षको पुस मसान्तसम्ममा पनि कम्पनी ३ करोड १५ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

उक्त अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ३ अर्ब ६४ करोड ६५ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले निर्माण गरेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत भदौ ४ गतेदेखि ४ युनिटबाट विद्युतको व्यापारिक उत्पादन सुरु भई भदौ २५ गतेदेखि आयोजनामा जडित ६ वटै युनिटबाट विद्युत् विक्री भइरहेको छ ।

विवरण अनुसार गत वर्षको पुस मसान्तसम्ममा २ करोड ४ लाख ३७ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको संचालन मुनाफा यस वर्ष भने १ अर्ब ८७ करोड १९ लाख १२ हजार रुपैयाँ धनात्मक रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीको रिटेन्ड अर्निग भने १ अर्ब ३९ करोड १४ लाख ८६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १२ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ भने ८६ रुपैयाँ ८६ पैसा रहेको छ ।

वि.सं.२०७८ फागुन १ आइतवार ०७:२० मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...