back
NMB ad

एप्पल वर्ल्ड मोबाइलको भ्यालेन्टाइन डेमा एक्सचेञ्ज अफर, ६० मिनेट फेस टू फेस सर्भिस

Kumari bank ad

काठमाडौँ । एप्पल वर्ल्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ ।

कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिन लागेको हो ।

मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा दश हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेञ्ज तथा खरीद गर्न सकिनेछ ।

एप्पल, सामसुङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो, कुल प्याड लगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ ।

यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले बताए । उनले भने, “जोडीले नै दुई वटा मोबाइल खरीद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पड लगायतका उपहारहरु निशुल्क पाउनेछन् ।” उनका अनुसार यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुनेछ ।

एप्पल वर्ल्ड मोबाइलमा विभिन्न ब्राण्डका स्मार्टवाच समेत उपलब्ध हुने उनले जानकारी दिए । मल्लका अनुसार एकै पटक रकम भुक्तान गर्न नसक्ने सेवाग्रहीले किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा मोबाइल तथा अन्य उपकरणहरु खरिद गर्न सक्ने छन् ।
साथै ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरुको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्रहीले पाउने मल्लले जानकारी दिए । सबै प्रकारका ब्राण्डेड एक्सेसरिज तथा म्याकबुक समेत सेवाग्राहीको अगाडी नै मर्मत हुने उनले बताए ।

वि.सं.२०७८ फागुन २ सोमवार ११:०६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...