back
NMB ad

लाभांश र हकप्रद प्रस्ताव सहित नेशनल हाइड्रोपावरको साधारणसभा

Kumari bank ad

काठमाडौँ । नेशनल हाइड्रोपावरले लाभांश र हकप्रद प्रस्ताव सहित साधारणसभा गर्ने मिति तय गरेको छ ।

कम्पनीले फागुन ३० गते सोमबार अनलाइन मार्फत साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७–७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने शेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता शेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १ः०.२५ को स्वापमा गाभ्न लागेको हो ।

कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

वि.सं.२०७८ फागुन २ सोमवार ११:४३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...