काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा २ करोड १ लाख ९० हजार रुपैयाँ गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ५५.७५ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीले ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ नाफा गरेको थियो।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ४१.७७ प्रतिशतले वृद्धि भई १९ करोड ४१ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी १३ करोड ६९ लाख ५७ हजार रुपैयाँ मात्र रहेको थियो ।
चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफा २ करोड ९३ लाख ७४ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको यो मुनाफा ५७.७१ प्रतिशतले घटेको हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको संचालन मुनाफा ६ करोड ९४ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३८ करोड ८२ लाख ३ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको खराब कर्जा पनि ४.४२ प्रतिशतबाट वृद्धि भई ६.२० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा रहेको छ ।
वि.सं.२०७८ फागुन २ सोमवार ११:५० मा प्रकाशित