back
NMB ad

मेगा बैंकद्धारा चार जिल्लामा शाखारहित बैंकिङ सेवा विस्तार

Kumari bank ad

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले चार वटा जिल्लामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकले जिल्लाका बैंकिङ सेवा नपुगेका पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो ।

मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका वडा नम्बर २ बाङकामा जानकी रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।

मेगा बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ पहँुच पु¥याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण माध्यमको रुपमा रही आएको छ ।

वि.सं.२०७८ फागुन २ सोमवार १३:३२ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...