back
NMB ad

ओपोद्वारा ए १६ को ४ जीबी प्लस ६४ जीबीको नयाँ भ्यारियन्ट सार्वजनिक, २३ हजारमै आकर्षक डिजाइनमा हाई परफरमिंग स्मार्टफोन

Kumari bank ad

काठमाडौं । वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज, ए—सिरिज अन्तर्गत ए १६लाई ४ जीबी + ६४ जीबीको नयाँ भ्यारियन्टमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइनमा उच्च कार्य प्रदर्शनी क्षमता सहितको फोन उपलब्ध गराउने आफ्नो उद्देश्य अनुरुप ओपो ए १६ को निर्माण सक्रिय जीवनशैली भएका स्टाइलिश डिजाइन मनपराउने यूवा लक्षित भई गरिएको छ ।

लामो समयसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री सुसज्जित ओपो ए १६ मा आन्ददायी दृश्यानुभूतिका लागि ठूलो आकारको ६.५२ ईञ्चको एचडी+ आई केयर डिस्प्लेको प्रयोग गरिएको छ । साथै, सहजताका साथ गुणस्तरिय तस्विर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरापनि दिइएको छ ।
‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए१६मा कुनै सम्झौता गरिएको छैन । ट्रेण्डी डिजाइन सहितको यो फोनमा सक्रिय अवस्थामा अमूल्य पललाई तस्विरमा कैद गर्ने कार्यमा सहजताका लागि उच्च कोटीको ट्रिपल क्यामेरापनि दिइएको छ । यसमा प्रयोग गरिएको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता बिना आफ्नो दैनिकीका मज्जा लिन सघाउँछ ।’ ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने ।

डिजाइन
क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन आकर्षक रंगमा उपलब्ध गरिएको ओपो ए१६मा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधापनि दिइएको छ ।

क्यामेरा
ओपो ए१६मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्य पलहरु तस्विर तथा भिडियोका रुपमा सहजै कैद गर्न सकुन् भन्ने तिर विशेष ध्यान दिएको छ । यसका लागि कम्पनीले फोनमा १३ एमपी मेन क्यामेराका साथमा २ एमपी डेप्थ (बोके) र २एमपी माक्रो क्यामेरापनि उपलब्ध गराएको छ । स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८ एमपी क्षमता सहितधको फ्रण्ट क्यामेरापनि दिइएको छ ।

ब्याट्री र रोम
ओपो ए १६ ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमा पर्याप्त सञ्चय क्षमतापनि उपलब्ध गराएको छ । यसका प्रयोग गरिएको उर्जा खपत न्यूनिकरणमा सघाउन प्रशस्त फिचर्स सहितको ठूलो ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्रीको चिन्ता रहित फोन प्रयोग गर्ने अवसर प्रदान गर्छ । ब्याट्रीलाई सय प्रतिशत चार्ज गरिसके पछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।

प्रयोगकर्ताले पर्याप्त सञ्चय क्षमताका साथ विना कुनै सम्झौता आफ्ना फाइलहरु (तस्विर, भिडियो लगायत) सुरक्षितरुपमा सञ्चित गर्न सकुन् भन्ने सोचका साथ ए१६को यस नयाँ भ्यारियण्टमा ४जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था गरिएको छ । साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधापनि फोनमा उपलब्ध रहेको छ ।

बजार उपलब्धता
नेपाली बजारमा ओपो ए १६को नयाँ ४जीबी+६४जीबी भ्यारियण्ट माघ महिनाको २६ गतेदेखि नै उपलब्ध भइसकेको छ । मूल्य रु. २२ हजार ९ सय ९० निर्धारण गरिएको यो फोन नेपाल भर रहेका ओपोका प्रमुख विक्रि केन्द्रहरु मार्फत सहजै खरिद गर्न सकिन्छ ।

वि.सं.२०७८ फागुन २ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...