back
NMB ad

सहकारीको सन्दर्भ व्याजदर बढाउन अर्थमन्त्री असहमत

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले सहकारीहरुको व्याजदर बढाउन अस्वीकार गरेका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकको संयुक्त टोलीले अर्थमन्त्रीलाई भेटेर बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर बढाएका कारण बजारमा दवाव भएकोले सहकारीको पनि सन्दर्भ व्याजदर बढाउनुपर्ने माग राखेका थिए ।

प्रतिक्रियामा अर्थमन्त्री शर्माले व्याजदर बढाउने विषयमा आफ्नो सहमति नरहेको स्पष्ट पारे । “म बैंक तथा वित्तीय संस्थाहरुले बढाएको व्याजदर घटाउनुपर्छ भन्ने पक्षमा छु” अर्थमन्त्रीलाई उदृत गर्दै महासंघका अध्यक्ष कडेँलले भने, “सहकारीको पनि व्याज बढाउनुपर्छ भन्ने मागमा सहमत हुन सक्दिन ।”

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सन्दर्भ व्याजदर बढाउनका लागि अर्थमन्त्री समेत सहमत हुनुपर्ने संकेत गरेपछि महासंघ अर्थमन्त्रीलाई भेट्न सोमबार अर्थमन्त्रालय पुगेको थियो ।

सोमबार नै विभागीय मन्त्री शशी श्रेष्ठलाई महासंघले भेटेको थियो । त्यस्तै मंगलबार महासंघको टोलीले नवनियुक्त रजिष्टार रुद्र प्रसाद पण्डितसँग समेत छलफल गर्ने तालिका रहेको जनाएको छ ।

सन्दर्भ व्याजदर पुनरावलोकन गर्न पुस पहिलो साता नै सन्दर्भ व्याजदर समितिको बैठक राखिएको थियो । उक्त बैठकमा महासंघले सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन प्रस्ताव गरेको थियो । तर पहिलो पटक बैठक गरेपछि सन्दर्भ व्याजदरको बैठक पुनः बस्न सकेको छैन ।

वि.सं.२०७८ फागुन २ सोमवार १७:२८ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...