back
NMB ad

सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा

Kumari bank ad

उदयपुर । राष्ट्रिय गौरवको योजना सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लामो समयदेखि त्यहाँ उत्पादन हुँदै आएको विद्युत खेरा गइरहेकोमा सोमबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारण लाइन करिब साढे तीन वर्ष ढिला गरी सञ्चालनमा आएको हो ।

एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका–४, मरुवावासीको अवरोधपछि सर्वोच्च अदालतले स्थानीयवासीलाई मुआब्जा लिएर काम गर्न दिनु भनि आदेश दिएपछि निर्माण सम्पन्न भएको हो ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा २० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३ दशमलव पाँच मेगावाट विद्युत् मध्ये चार दशमलव पाँच मेगावाटबाहेक सबै बिजुली खेरा गइरहेको थियो ।

सोलुखुम्बुको तिङ्लादेखि सिराहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९ दशमलव पाँच किलोमिटर लामो प्रसारण लाइनमा पर्ने ३०२ वटा टावर पर्दछ । प्रशारण लाईनम पर्ने रुख हटाउने काम सकेर विद्युत् प्रवाह ‘टेस्टिङ’ गरि सोलु कोरिडोर डबल सर्किट प्रसारण लाइन व्यावसायिक प्रसारण थालिएको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए ।

२५ सेप्टेम्बर २०१६ मा ३० महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भई निर्माण थालिएको यो आयोजनाको काम ३१ डिसेम्बर २०२१ मा सक्ने गरि आठौँ पटक म्याद थप गरिएको थियो ।

आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको भए पनि स्थानीयवासीको बारम्बार अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।

कटारी नगरपालिका–४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाईमेन्ट परिर्वतनको माग गर्दै अवरोध गरेका थिए । चैत २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रा.लिसँग विद्युत प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
यो प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलीयतपूर्ण ऋणमा निर्माण भएको हो । ईश्वर तामाङ,न्युज कारखाना

वि.सं.२०७८ फागुन ३ मंगलवार १३:१२ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...