back
NMB ad

सेवोनको अध्यक्षमा सिफारिस भएर चौथोपटक पनि किन फालिए गिरी ? नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिने सहमतिमा हमाललाई ल्याइदै

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डको लागि सोमबार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेँसँगै बोर्डका कायम मुकायमको जिम्वेवारी पाएका निरज गिरी चौथोपटक पनि रेसबाट बाहिरिएका छन् ।

गिरीलाई पहिलो पटक २०६८मा धितोपत्र बोर्डमा अध्यक्षको लागि सिफारिस गरिएको थियो ।  तत्कालिन समयमा नेकपा माओवादीको तर्फबाट डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । उनकी पत्नी हिसिला यामीको तजविजमा बोर्डका अध्यक्षमा गिरीको नाम सिफारिस भएपनि माओवादी निकट बाबुराम श्रेष्ठ अध्यक्ष बने ।

त्यसपछि नेपाली कांग्रेसका नेता शुशील कोइराला प्रधानमन्त्री हुदा तत्कालिन अर्थमन्त्री डा.रामशरण महत थिए उनकै तजविजमा बोर्डको अध्यक्ष नियुक्त गरियो । नेपाली कांग्रेसको पालामा पनि गिरीको नाम सिफारिसमा परेको थियो तर सो समयमा पनि डा.महतले हस्तक्षेप गरी आफु निकट डा.रेवत बहादुर कार्कीलाई नियुक्त गरे ।

त्यस्तै २०७६ मा पनि तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडा अर्थमन्त्री थिए । प्रधानमन्त्रीको रुपमा केपी ओली भएपनि अर्थमन्त्रालयको मातहतका कार्यालयहरुमा को राख्नेभन्ने निर्णय डा.खतिवडाको चल्नेगरेको थियो ।

त्यसैले डा.खतिवडाले आफूलाई राष्ट्र बैंकमा रहदा सहयोग गरेका भिष्म ढुंगानालाई अध्यक्षको जिम्वेवारी दिए । सो समयमा पनि संस्थाबाट एकजना बरिष्ठ कर्मचारीको नाम सिफारिस गर्नै पर्ने भएकोले गिरी सिफारिसमा परेका थिए ।

ढुंगानाले स्वार्थ बाझिनेगरी काम गरेको समाचारहरु बाहिरिएपछि उनलाई बोर्डबाट २० महिनामा नै सरकारले निलम्बन गर्यो । त्यसपछि बोर्डको अध्यक्षको प्रतिस्पर्धा पुनः सुरु भएर नियुक्तिका लागि अन्तिम तयारी भइरहदा यो पालिपनि गिरीलाई अध्यक्षको लागि सिफारिस गरिएको थियो । तर प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवा हावी हुदा उनी अन्तिम चरणमा रेसबाट बाहिरिए ।

एक उच्च स्रोतका अनुसार गिरीले समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलसँगको भेटबाट नै थाहापाइ सकेका थिए, उनी बोर्डको अध्यक्ष बन्दैनन् र रमेश हमाललाई दिइदै छ भन्ने ।

चुनावको समय आएको र धेरै रकम चाहिने भएकोले डा. आरजु राणाले मोटो रकम लिएर डा. हमाललाई अध्यक्ष बनाउने पक्का पक्की भइसकेको उच्च स्रोतले बताए । बोर्डको अध्यक्षका लागि मोटो रकमको लेनदेन गर्न विचौलियाहरु सक्रिय भइरहेका छन् ।

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिनेकुरामा सहमति भएपछि हमाललाई अध्यक्ष दिने सहमति भएको पाइएको छ । धितोपत्र बोर्डका अनुसार हालसम्म चारवटा कम्पनीहरुले नयाँ स्टक एक्सचेन्ज खोल्नका लागि बोर्डमा आवेदन दिएका छन् ।

विभिन्न बीमा तथा फाइनान्स कम्पनीहरुको लगानी रहेको हिमालयन स्टक एक्सचेन्ज, आइएमई र पभु ग्रुपको लगानी रहेको काठमाडौ स्टक एक्सचेन्ज, विशाल ग्रुप सहित मारवाडीहरुको लगानी रहेको नेशनल स्टक एक्सचेन्ज र बाणिज्य बैंकहरुको लगानी रहेको सेक्युरिटिज एन्ड डेरिभेटिज एक्सचेन्जले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएका छन् ।

तर ति कम्पनीहरु भन्दा बाहिरबाट नयाँ कम्पनीका लागि आवेदन दिने र नयाँलाई नै लाइसेन्स दिनेगरी बोर्डमा छलफल भइरहेको छ । बोर्डको अध्यक्षको सिफारिसमा परेकै समयमा समेत करोडौ लगानी गर्नका लागि व्यापारी व्यवसायीहरु सिफारिस भएका व्यक्तिहरुको घरघर धाएका थिए ।
डा.हमाल एनआरएन हुन् । उनी यसअघि थाइल्यान्डमा रियलस्टेट व्यवसाय गर्ने गर्दथे । उनले अध्यक्ष हुनका लागि आरजुका विश्वास पात्र डा.विश्व पौडेल मार्फत लविङ गरेको पाइएको छ । साथै उनले अध्यक्षका लागि मोटो रकम बुझाएको पनि चर्चा हुन थालेको छ ।

 

वि.सं.२०७८ फागुन ३ मंगलवार १३:२० मा प्रकाशित

You can share this post!

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०९

काठमाडौँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि...

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०३

काठमाडौँ, १६ वैशाखः नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा...