back
NMB ad

गौतमबुद्ध विमानस्थलमा आगामी शुक्रबार क्यालिब्रेसन फ्लाइट

Kumari bank ad

बुटवल । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आगामी शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट सुरु हुने र यसका लागि सबै आन्तरिक तयारी पूरा भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्यालिब्रेसन फ्लाइट ६ देखि १५ फागुनसम्म चल्नेछ ।

प्राधिकरणका अनुसार एरो थाईको विमानले क्यालिब्रेसन फ्लाइट गर्नेछ । प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार एरो थाईको विमान बिहीबार काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ भने शुक्रबार काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेछ । एरो थाईको विमान थाइल्याण्डबाट सिँधै भैरहवा अवतरण गर्ने तयारी भए पनि अध्यागमनको व्यवस्था नभएकाले काठमाडौं अवतरण गरी भैरहवा ल्याउन लागिएको हो ।

क्यालिब्रेसन फ्लाईट हुने भएपछि अन्य नियमित उडान भने नियमित समय भन्दा केही ढिला हुने कर्णले बताए । १० दिनसम्म क्यालिब्रेसन फ्लाइट भैसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिनेछ । त्यसपछि मात्र व्यावसायिक उडानका लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने प्रवक्ता कर्णले जानकारी दिए ।

विमानस्थल विस्तार आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको आइसीबी–१ र आइसीबी–२ अन्तर्गतका सबै काम सम्पन्न भैसकेका छन् । क्यालिब्रेसन फ्लाइटपछि हुने परीक्षण उडानको दिन आयोजना हस्तान्तरणको मिति समेत तय गर्ने तयारी छ ।

क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको जहाजमा दुई जना पाइलट हुने छन् भने सात जना विशेषज्ञ रहनेछन् । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको जाँच गर्नका लागि क्यालिब्रेसन फ्लाइट गर्ने गरिन्छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसीबी १)मा सम्झौता भएर १ माघ २०७१ देखि निर्माण सुरु गरेको थियो । त्रिभुवन विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाई तीन हजार मिटर र चौडाई ६० मिटर रहेको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो ९आइसिबी–१अन्तर्गत ६ अर्ब ८२ करोडको । दोस्रो अन्तर्राष्टि आइसीबी–२ अन्तर्गत ५० करोड रुपैयाँको काम र तेस्रो २२ अर्ब ४० करोड रुपैयाँको मुआब्जा वितरण सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो भवन निर्माणका लागि ९० करोडको काम भएको छ । यसरी आयोजनाको सबै काम जोड्दा ३० अर्ब रुपैयाँभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडीबीको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार १२:०१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...