काठमाडौं । आइसीएफसी फाइनान्सले संस्थापक सेयर बिक्री गर्न लागेको छ । कम्पनीले संस्थाका केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले सेयर संख्या तथा बिक्री मूल्य भने उल्लेख गरेको छैन । कम्पनीको संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि संस्थापकहरुले आजैका मितिले ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय, भाटभटेनी काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।
तोकिएको उक्त म्यादभित्र हाल कायम कुनै पनि संस्थापकहरुले सेयर खरिदका लागि इच्छा जाहेर हुन नआएमा प्रचलित नियमअनुसार अन्य बिक्री प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १२:१८ मा प्रकाशित