back
NMB ad

नाडेप लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, मासिक तलब कति ?

Kumari bank ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले तीन पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले व्यवस्थापक, अधिकृत र सहायक अधिकृत (सूचना प्रविधि)पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि कम्पनीले शैक्षिक योग्यता स्नातक तह देखी स्नातकोत्तर उत्तीर्ण गरेको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्ने बताएको छ ।

उक्त पदहरुमा इच्छुक योग्य उम्मेदवारहरुले हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि संलग्न गरि कम्पनीको इमेल ठेगाना [email protected] मा निवेदन पठाउनुपर्नेछ ।

व्यवस्थापक श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारहरुको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने कम्पनीले जनाएको छ ।

सेवा तथा सुविधा भने संस्थाको नियमानुसार हुने बताइएको छ । कर्मचारी छनौट सम्वन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १४:०२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...