काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको संचालनक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफबाट सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ फागुन ८ आइतवार १०:३१ मा प्रकाशित