काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो ।
शुक्रबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९६ हजार ६ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि तेजावी सुनको मूल्य भने ९६ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन तेजावी सुन ९६ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यस्त, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात शुक्रबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।
वि.सं.२०७८ फागुन ८ आइतवार १०:४५ मा प्रकाशित