काठमाडौं । स्थगित साधारण सभाका लागि जानकी फाइनान्सले फेरि मिति तोकेको छ । फागुन ७ गते बोलाएको कम्पनीको २५औं वार्षिक साधारण सभा स्थगित भएको थियो ।
सभाका लागि गणपुरक सेयरधनीहरुको सहभागी संख्या नपुगकोल सभा स्थगित गरेको थियो । अब कम्पनीको सभा आउँदो फागुन २२ गते आइतबार हुने भएको हो ।
कम्पनीको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि ६ गतेसम्म बुक क्लोज गरेको छ ।
वि.सं.२०७८ फागुन ८ आइतवार ११:५२ मा प्रकाशित