काठमाडौं । बोटलर्स नेपाल तराईले पुरानो लाभांश लिन सेयरधनीलाई अनुरोध गरेको छ । कम्पनी एक सूचना निकाल्दै पुरानो लाभांश लिन अनुरोध गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७२/७३ को २०७३ पुस ११ गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित लाभांश रकम बुझ्नका लागि अनुरोध गरेको छ ।
उक्त लाभांश हालसम्म पनि लिन नआएकाले सोही लाभांश लिन कम्पनीले सेयरधनीहरुलाई भनेको हो ।
सो लाभांश रकम हालसम्म लिन बाँकी सेयरधनीले कम्पनीको सेयर रजिष्ट्रार कार्यालय नबिल इन्भेष्टमेण्ट बैंकिङमा सम्र्पक राखी यो सूचना प्रकाशित भएको मितिले एक महिना भित्रसम्म लिन सक्नेछन् ।
हेर्नुहोस् सूचना:
वि.सं.२०७८ फागुन ८ आइतवार १२:०९ मा प्रकाशित