back
NMB ad

पर्यटक बोलाउँदै देश भ्रमणमा पोखरेली व्यवसायी

Kumari bank ad

पोखरा । कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँडेका छन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् । बुटवलमा त्यहाँका व्यवसायीहरूसँग कुरा गर्दै पोखरेली व्यवसायीले दुई सहरबीच पर्यटक आवागमनमा सहजीकरण गर्न आग्रह गरे ।

‘विशेषतः यातायातको कनेक्सनमै जोड छ । बुटवल पोखरा सडकमा अलि बढी सास्ती छ,’ होटल संघ पोखराका पुर्व अध्यक्ष विकल तुलाचनले भने, ‘हवाइ सुविधा पनि खासै छैन । त्यसैले कनेक्सनमा बढी फोकस गरिएको छ ।’

कोभिडका कारण सबै क्षेत्रको पर्यटन थलिएकोले तत्काल आशातित सुधार कठिन हुने उनले बताए । ‘पोखरा मात्र होइन, विश्वकै पर्यटन सुस्ताएको छ । केही विशेष इभेन्टहरू तय गरेर आन्तरिक पर्यटकमार्फत चहलपहल बढाउनुपर्छ,’ उनले थपे, ‘एउटा सहरका नागरिकलाई अर्को सहरमा लैजाने र उनीहरूको अपेक्षाअनुसारका इभेण्ट सन्चालन गर्ने कुरामा हामी सहमत छौं ।’

टोली बुटवलबाट भैरहवा पुगेको छ । त्यहाँबाट हेटौंडा जाने र वीरगञ्ज, चितवनमा अन्तरक्रिया गरेपछि पोखरा फर्किने संघले जनाएको छ । संघले दुई दशकदेखि जाउँ है पोखरा अभियान सन्चालन गर्दै आएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले छिटै पर्यटन क्षेत्र सुधार हुने अपेक्षाले कोभिडकै बीचमा पनि कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

वि.सं.२०७८ फागुन ९ सोमवार १३:३४ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...