back
Hero Ad

विद्युत प्राधिकरणले आइपीओ जारी गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पनि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । पुर्ण सरकारी स्वामित्वमा रहेको प्राधिकरणले आगामी पाँच बर्षे रणनीति अन्तर्गत साधारण सेयर जारी गर्न लागेको हो ।

प्राधिकरणले ठूला परियोजना संचालन गरिरहेको छ । त्यसका लागि कम्तीमा पनि ५० अर्ब रकम लगानी आवश्यक पर्ने भएकोले आइपीओ जारी गर्ने भएको हो । आइपीओ जारीका लागि प्राधिकरणले रेटिङ पनि गराइसकेको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार प्राधिकरणले डवल ए प्लस रेटिङ पाएको छ । यसको मतलव प्राधिकरणको अवस्था ठिक छ र लगानी गर्न सुरक्षित पनि रहेको छ, भन्ने हो ।

इक्रा नेपालले जारी गरेको विज्ञप्ति अनुसार डवल ए प्लस रेटिङ प्राप्त कम्पनीले सेयर जारी गर्दा कम्पनीको उधारो वा कर्जाको जोखिम ज्यादै न्यून हुन्छ भन्ने हो । विद्युत प्रशारण पूर्वाधार निर्माणको लागी ठूलो लगानी आवश्यक भएको र प्राधिकरणको वित्तीय दायीत्व पुरा गर्नको लागी समेत थप पूँजी परिचालन गर्नुपर्ने भएको हुँदा प्राधिकरणले पुँजी जुटाउनका लागि आइपीओ जारी गर्न लागेको हो ।

प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको घाटा कम गर्नका लागि आइपीओ जारी गर्ने घोषणा गरेका थिए । पहिलो कार्यकालमा नै सो घोषणा गरेपनि सोही अनुसार काम अगाडी बढ्न नसक्दा आइपीओ जारी हुन सकेन ।

प्राधिकरणले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने तयारी गरिरहेको छ । १ खर्ब ६४ अर्ब चुक्ता पूँजी रहेको विद्युत प्राधिकरणले गत आर्थिक बर्षमा ८ अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

 

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:४६ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

वि.सं.२०७९ भदौ १ बुधवार १३:१९

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली...

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १३:१२

काठमाडौं । नेपाली धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब बढी...

कारोबारको पहिलो दिन यी तीन कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

कारोबारको पहिलो दिन यी तीन कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १२:३४

काठमाडौं। कारोबारमा आएको पहिलो श्वेत गंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र...

नोक्सानी घटाउदै बलेफी हाइड्रोपावर

नोक्सानी घटाउदै बलेफी हाइड्रोपावर

वि.सं.२०७९ भदौ १ बुधवार १२:०७

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को...

यस्तो छ , एनएमबि म्युचुअल फण्ड अन्तर्गतको म्युचुअल फण्ड योजनाहरुको वित्तीय अवस्था

यस्तो छ , एनएमबि म्युचुअल फण्ड अन्तर्गतको म्युचुअल फण्ड योजनाहरुको वित्तीय अवस्था

वि.सं.२०७९ भदौ १ बुधवार १२:००

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना...