back

सेजमा उद्योग स्थापनाका लागि आव्हान,दुई बर्षसम्म निर्यात गर्न नपर्ने

काठमाडौ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योगीहरुलाई भैरहवा र बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्नका लागि सार्वजनिक आव्हान गरेको छ । सेजले भैरहवामा ४५ वटा ब्लग र सिमरामा ६८ वटा ब्लगको लागि १५ दिनभित्र आवेदन दिन उद्योगीहरुलाई सार्वजनिक सूचना जारी गरी आव्हान गरेको हो ।

हाल दिदै आएको सुविधामा उद्योगी व्यवसायीहरु आकर्षित नभएपछि सुविधा थप गरी उद्योगीहरुलाई आव्हान गरेको हो । सेजले त्यहाँ स्थापना भएको उद्योगहरुलाई २ वर्ष निर्यात छुट दिने भएको छ । त्यस्तै उद्योगीहरु सेजमा आउनका लागि प्राधिकरणले विशेष आर्थिक क्षेत्र ऐन २०७३ शंसोधन गरी २ बर्ष निर्यात नगरेपनि हुने, तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० प्रतिशत र पाँचौं वर्षपछि मात्रै ६० प्रतिशत निर्यात गर्ने व्यवस्था गर्न लागिएको हो ।

त्यस्तैगरी प्राधिकरणले हाल लिँदै आएको जग्गाको भाडामा समेत ५० प्रतिशत छुट दिने भएको छ । हाल सेजले प्रतिवर्ग मिटर २० रुपैयाँ भाडा असुल गर्दै आएकोमा ऐन संशोधनपछि प्रतिवर्गमिटर १० रुपैयाँ मात्रै लाग्ने पनि प्राधिकरणले जनाएको छ ।

हाल भैरहवा सेजमा मात्र ७ वटा उद्योग संचालनमा रहेको छ भने सिमरामा निर्माणको काम सकिएको छ । भैरहवामा २५ वटा उद्योगहरुले अनुमति लिएका थिए तर भाडा महंगो उत्पादनको ६० प्रतिशत निर्यात अनिवार्य जस्ता कुराहरु ऐनमा नै तोकेपछि उद्योगीहरुले त्यहाँ उद्योग स्थापना गरेका थिएनन् । अनुमति लिएका १८ वटा उद्योग त्यहाँ नगएपछि उनीहरुको अनुमति प्राधिकरणले खारेज गरेको थियो ।

हाल भैरहवामा ब्रिलियन्ट लाइट, शक्ति मिनिरल्स, पन्चकन्या स्टिल, विस्तार ग्लोबल, यस पोलिमर जस्ता उद्योगहरु सञ्चालनमा छन् । विशेष आर्थिक क्षेत्रले आगामी दिनमा आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, पेट्रोलपम्प, धर्मकाटा, बैंक तथा बिमा, दूषित पानी प्रशोधन केन्द्र जस्ता सुविधा उपब्ध गराउने जनाएको छ ।

 

वि.सं.२०७८ फागुन १५ आइतवार १३:१० मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...