काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ७.७३ अंकले घटेको हो ।
आइतबार बजार परिसुचक २६५३.७० अंकमा पुगेर बन्द भएको छ । उक्त दिन ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन हाइड्रोपावर समूह ३४.०३ अंक अन्य समूह १५.१ अंकले वृद्धि भएको छ भने यी बाहेकका सबै समूहहरु राताम्मे बनेका छन् ।
आज सबैभन्दा बढी युनिर्भसल पावर कम्पनीको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको २० करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको १९ करोड ६ लाख २६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ फागुन १५ आइतवार १५:३३ मा प्रकाशित