back
NMB ad

कामना सेवा विकास बैंकद्वारा थप ३ वटा स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगान.पा. वडा नं. २,सितापुर र लमजुङ जिल्लाको मध्य नेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखा रहित बैंकिङ सेवा सञ्चालनम ल्याएको छ।

देवदह न.पा. मादेवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगान.पा.मा सचिन मोबाइल सेन्टर (प्रो. सचिनबोहोरा) र मध्यनेपाल न.पामा इशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन , र देवदह न.पा. वडा नंं ८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल,लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा न.पा. वडा नंं. २ का वडा अध्यक्ष्य गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बैंकका संस्थापकहरु,बैंकका अन्य कर्मचारीहरु,व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न,निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

वि.सं.२०७८ फागुन १५ आइतवार १९:२९ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...