back
NMB ad

ओपोद्वारा आफ्ना नविनतम उपलब्धिहरु अनावरण

Kumari bank ad

चीन । बार्सिलोना मोबाइल वल्र्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा, ओपोले २०२१ ओपो सस्टेनेबिलिटी रिपोर्ट अनावरण गरेको छ । यस मार्फत आफ्ना समग्र उत्पादनहरुको जीवनचक्रमा दिगोपन र पर्यावरण मैत्री अवधारणाहरु एकिकृत गर्दै कम्पनीका उपलब्धिहरुको विवरण दिँदै ओपोले आफ्नो ब्राण्ड मिशन “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड”लाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त “३आर+१डी” सस्टेनेवल प्याकेजिङ सिद्धान्तहरुको पालना गर्न ओपो प्रतिबद्ध छ । यस अन्तर्गत प्याकेजिंगका लागि लाग्ने वजनमा न्यूनिकरण, रिसाइकल्ड सामग्रीको पूणःप्रयोग तथा आफ्नो प्याकेजिङका लागि रिसाइक्लेवल तथा बायोडिग्रेडेवल सामग्रीको प्रयोगलाई कम्पनीले प्रोत्साहन गर्दै निरन्तर्ता दिई रहेको छ ।

सन् २०२१मा युरोपेली बजारबाट सुरुवात गर्दै ओपोले सन् २०१९ लेभल १का तुलनामा आफ्ना स्मार्टफोन उत्पादनका लागि प्याकेजिङमा प्रयोग हुने सामग्रीको मात्रामा २४% कटौती ल्याउन सफल भएको छ । यसमा पनि करिव ४५% प्याकेजिङका लागि रिसाइकल्ड फाइबरको प्रयोग गरिएको थियो । त्यसैगरी, सन् २०१९देखि स्मार्टफोनको प्याकेजिङका लागि प्रयोग हुने समग्र प्लास्टिकमा ९५%ले कटौती ल्याउन ओपो सफल भएको छ ।

लगातार २ बर्षका लागि ओपोले नेशनल जियोग्राफिकसंग लोपोन्मुख प्रजातीको सुरक्षामा सघाउन ओपो इन्ड्यान्जर्ड कलर क्याम्पेन मार्फत पार्टनरशिप गरेको थियो ।

वातावरण संरक्षणमा आफ्ना प्रयासहरु बाहेक, ओपोले दिगो विकासमा योगदान पु¥याउने उद्देश्यका डिजिटल समावेसिता , हेल्थ एण्ड वेलबिइंग तथा युवा सशक्तिकरण लगायत प्रमुख क्षेत्रमा विशेष प्राथमिकताका साथ विभिन्न कार्यहरु गरिरहेको छ ।

यस महिनाको अन्त्यमा बार्सिलोनामा “शेप दि फ्युचर” थिमका साथ आयोजना गरिने मोबाइल वल्र्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२मा सहभागिता जनाइ आफ्ना नवप्रबर्तनात्मक मोबाइल प्रविधिहरु, एआर र फाइभजी अन्तर्गतका सफलता र दिगोपना अन्तर्गतका नवप्रवर्तनहरु प्रदर्शित गर्नेछ । एमडब्ल्यूसी बार्सिलोनामा फेब्रुअरी २८देखि मार्च ३ सम्म हल थ्री, फिरा ग्रानमा ओपो बुथ ३एम१० मार्फत ओपोले आफ्नो सहभागिता जनाउने जानकारी दिएको छ ।

वि.सं.२०७८ फागुन १५ आइतवार १९:१४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:४६

खोटाङ, २८ वैशाख : साहसिक खेल भनेर चिनिने चट्टान आरोहण...

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...