back
NMB ad

रियलमीद्धारा रियलमी जिटी २ सिरीज शुरु गर्ने घोषणा

Kumari bank ad

काठमाडौं । संसारमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मोवाइल वल्र्ड कंग्रेस (MWC) २०२२मा रियलमी जिटी २ सिरीज सार्वजनिक गर्ने घोषणा गरेको छ । गत महिनाको शुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरीज क्वालकम स्नापड्रागन 8 Gen 1चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोनहरुमध्ये एक हो । रियलमी जिटी २ प्रो युरोपको बजारमा स्नापड्रागन  8 Gen 1 ले सुसज्जित पहिलो स्मार्टफोन हुनेछ ।

अहिलेसम्मको सबैभन्दा प्रिमियम फ्लागशिप लाइन–अपको रुपमा रियलमीले विश्वभरका लाखौँ प्रयोगकताहरुको लागि टेक्नोलोजीहरु ल्याउने, उच्च बजारमा प्रवेश गर्ने र उच्च प्राविधिक नविनतममा अग्रपङ्क्तिमा रहने लक्ष्य राखेको छ । रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काइ लीले भन्नुभयो “विश्वभरका प्रयोगकर्ताहरुलाई नयाँ र रोमाञ्चक कुराहरु प्रदान गर्न सधैँ राम्रो महसुस गरेका छौँ । रियलमी जिटी २ प्रो ले सम्पूर्ण कुरालाई उच्च स्तरमा ल्याएको छ ।”

रियलमीका ईण्डियाका प्रमुख कार्यकारी अधिकृत, रियलमीका उपाध्यक्ष तथा रियलमी ईन्टरनेशनल बिजनेश ग्रुपका अध्यक्ष माधव शेठले भन्नुभयो “हामी अझ ठूलो साहस र आकाङ्क्षाकका साथ सन् २०२२ मा प्रवेश गरेका छौँ । रियलमी जिटी २ सिरीजले नवप्रवर्तनको अग्रपङ्क्तिमा रहने हाम्रो दृष्टिकोणलाई मूर्तरुप दिनेछ । हाम्रा प्रयोगकर्ताहरुलाई व्यापक प्रिमियम ब्रान्डका अनुभव प्रदान गर्ने शिलसिलामा प्रविधिको नवीनतामा यो घोषणा हाम्रो गो–प्रिमियम रणनितिलाई प्रतिनिधित्व गर्नेछ । गो–प्रिमियम रणनितिद्धाराप्रिमियम सेगमेन्टमा, आफ्नो उत्कृष्ट तथा नवीनतम प्रयोगको रेकर्ड तोड्नेछ ।”

तीन वर्षमा १० करोड युनिट विक्री गर्दै रियलमी विश्वव्यापी रुपमै शीर्ष ८ स्मार्टफोन ब्रान्डहरुमा परेको छ । उच्च प्रविधि र डिजाइनमा नवीनता रियलमीको छिटो वृद्धिको आधार बनेको छ । रियलमी जिटी २ प्रो मा तीन विशेषताहरु बायो–पोलिमर ब्याककभर, १५० डिग्री अल्ट्रा वाइड क्यामेरा र ईनोभेसन फरवार्ड कम्युनिकेशन समावेश छ जसले विश्वव्यापी रुपमा सबै स्मार्टफोन प्रयोगकर्ताहरुलाई अद्भुत अनुभव प्रदान गर्नेछ ।

वि.सं.२०७८ फागुन १५ आइतवार १८:५८ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...