काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले २६ औं वार्षिक साधारण सभा चैत ९ गते गर्ने भएको हओ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले १५.७९ प्रतिशत लाभांश पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।
वि.सं.२०७८ फागुन १७ मंगलवार १०:३९ मा प्रकाशित